गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक प्रवेश, सबैभन्दा बढी भारतीय « Khabarhub

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक प्रवेश, सबैभन्दा बढी भारतीय


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिप्लेढुंगा– गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेका छन् । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ ।

यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए । प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए ।

तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९ सय ३८ रहेको सूचना अधिकृत परियारले जानकारी दिए । त्यसैगरी एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ ।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ११ : ५४ बजे

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन