आज राजपाले संसद चल्न नदिने | Khabarhub Khabarhub

आज राजपाले संसद चल्न नदिने


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले आज संसद चल्न नदिने बताएको छ ।

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानवीन गर्न संसदीय समिति नबनाको भन्दै राजपाले संसद चल्न नदिने चेतावनी दिएको हो ।

राजपाका नेता लक्षमण लाल कर्णले सर्लाहीमा भएका मृत्यु प्रकरणको छानवीनका लागि संसदीय समिति गठन नगरे संसद चल्न नदिने बताए ।

नेता कर्णले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको बताए ।

उनले भने,‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । हामीले आज सम्म संसदीय समिति गठन गर्न माग गरेका थियौं तर हुन सकेको छैन त्यसैले संसद चल्न दिँदैनौं ।’

संसद बैठक सोमबार(आज) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका