मलाई हेग लगे पनि केही फरक पर्दैन–प्रचण्ड « Khabarhub

मलाई हेग लगे पनि केही फरक पर्दैन–प्रचण्ड


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग पुर्‍याइएपनि केही फरक नपर्ने बताएका छन् । उनले आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसार भएको दाबी गरेका छन् ।

सोमबार ललितपुरस्थित आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताए ।

अन्तर्राष्ट्रिय अदालतमा लगेर प्रचण्डलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वको काम भएको टिप्पणी गरे । उनले आफूलाई हेग लगे त्यहाँबाट हिरो भएर आउने बताए ।

प्रचण्डले भने ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्। संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर ’ मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’

लोकतन्त्र र संघीय गणतन्त्र रहँदासम्म कोही कमजोर नहुने उनको भनाइ थियो । देश र जनतालाई माया गर्नेहरु एक ठाउँमा जम्मा भएर यसको रक्षा गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।

उल्टो दिशामा गएर क्रान्ति नहुने भन्दै प्रचण्डले विप्लवपनि ढिलो चाँडो नेकपामा नै आउनुपर्ने बताए । ‘विप्लव पनि ढिलो चाँडो यही आउनुपर्छ’ प्रचण्डले भने,‘कि यही आउनुपर्छ कि सक्किनु पर्छ ।’

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ३५ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग