विश्व टेस्ट च्याम्पियनसिप हुने, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज पहिलो « Khabarhub

विश्व टेस्ट च्याम्पियनसिप हुने, अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज पहिलो


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को आयोजना गर्ने भएको छ । सोमबार आईसीसीले आधिकारीक रुपमा टेस्ट च्याम्पियनसिपकाे जानकारी दिएको हो ।

टेस्ट च्याम्पियनसिप २ बर्षसम्म चल्नेछ । टेष्ट च्याम्पियनसिप २०१९ अगष्ट १ बाट सुरु हुनेछ। जसमा ९ उत्कृष्ट टेष्ट नेशनले प्रतिस्पर्धा गर्छन् । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजले २७ सिरिजमा कूल ७१ खेल खेल्नेछन् ।

दुई वर्षसम्म चल्ने च्याम्पियनसिपकाे फाइनल २०२१ जुन मा बेलायतमा हुने आईसीसीले जनाएको छ। उक्त खेलको विजेता आइसीसी वर्ल्ड टेष्ट च्याम्पियन बन्नेछ। टेष्ट च्याम्पियनसिपमा प्रत्येक राष्ट्रले होम ३ र अवे ३ सिरिज खेल्नेछ। प्रत्येक खेलको छुट्टै अंक प्रदान हुनेछ ।

एउटा सिरिजको कूल अंक १२० हुनेछ। यदी एउटा सिरिजमा दुई खेल मात्र भए एक खेलको ६० अंक हुनेछ भने ३ खेल भए एक खेलको ४० अंक हुनेछ ।

सिरिजमा बढीमा ५ र कम्तीमा पनि २ खेल हुनुपर्नेछ। पहिलो चरणको डब्लुटिसीमा पाँच दिनको खेल समावेश हुनेछ जसमा डे नाइट म्याच पनि हुनेछ । डब्लुटिसी अन्तर्गत रहेको खेलहरु मात्र टेष्ट च्याम्पियनसिपमा गणना हुने आईसीसीले जनाएको छ। प्रतियोगिताका मार्च ३१ सम्म शिर्ष ९ औं स्थानमा रहेका टिमले पहिलो संस्करणको डब्लुटिसी खेल्नेछन् ।

टेष्ट च्याम्पियनसिप अन्तर्गत पहिलो सिरिजको रुपमाा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको एसेस सिरिज रहेको छ। यसेस यही अगष्ट १ देखि सेप्टेम्वर १६ सम्म इंग्ल्याण्डमा हुनेछ। टेष्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तान, आयरल्याण्ड र जिम्बावे सहभागि सिरिजले भने टेष्ट च्याम्पियनसिपको मान्यता पाउनेछैन।

२७ वटा सिरिजहरु :

अंक प्रणाली :

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : २९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी