नाइजेरियामा गाउँलेमाथि भएको आक्रमणमा ६५ जना मारिए | Khabarhub Khabarhub

नाइजेरियामा गाउँलेमाथि भएको आक्रमणमा ६५ जना मारिए


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा संदिग्ध बोको हराम लडाकुले गरेको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।

एक अन्त्येष्टी समारोहमा सहभागी भएर फर्किँदै गरेका स्थानीयलाई लक्षित गरी बन्दुकधारी लडाकुले आक्रमण गरेका थिए । विमानभेदी बन्दुकसहित पाँच वटा ट्रकमा आएका लडाकुले गाउँमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, आक्रमण लगत्तै लडाकुलाई प्रतिकार गर्न एकजुट भएका गाउँलेमाथि पनि बोको हरामले आक्रमण गरेका थिए । त्यस आक्रमणमा भने अरु ४४ जना मारिएका थिए । मारिनेहरुमा महिला र बालबालिका समेत छन् ।

आक्रमणमा मारिनेमा बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँका बासिन्दा रहेको अधिकारीले जनाएका छन् । मारिनेमा बाडु मलाम क्यारिरी गाउँका मात्र २६ बासिन्दा छन् । हाल त्यस क्षेत्र शोकमग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीले आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने समेत दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा कसैले नलिएपनि त्यस क्षेत्रमा सक्रिय आतंककारी संगठन बोको हरामले सर्वसाधारणलाई लक्षित गरी नियमित आक्रमण गर्दै आएको छ । पछिल्लो आक्रणमा पनि बोको हरामकै संलग्नता रहेको आशंका गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : १३ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय