नाइजेरियामा गाउँलेमाथि भएको आक्रमणमा ६५ जना मारिए « Khabarhub

नाइजेरियामा गाउँलेमाथि भएको आक्रमणमा ६५ जना मारिए


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा संदिग्ध बोको हराम लडाकुले गरेको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।

एक अन्त्येष्टी समारोहमा सहभागी भएर फर्किँदै गरेका स्थानीयलाई लक्षित गरी बन्दुकधारी लडाकुले आक्रमण गरेका थिए । विमानभेदी बन्दुकसहित पाँच वटा ट्रकमा आएका लडाकुले गाउँमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, आक्रमण लगत्तै लडाकुलाई प्रतिकार गर्न एकजुट भएका गाउँलेमाथि पनि बोको हरामले आक्रमण गरेका थिए । त्यस आक्रमणमा भने अरु ४४ जना मारिएका थिए । मारिनेहरुमा महिला र बालबालिका समेत छन् ।

आक्रमणमा मारिनेमा बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँका बासिन्दा रहेको अधिकारीले जनाएका छन् । मारिनेमा बाडु मलाम क्यारिरी गाउँका मात्र २६ बासिन्दा छन् । हाल त्यस क्षेत्र शोकमग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहमदु बुहारीले आक्रमणको निन्दा गरेका छन् । उनले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने समेत दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा कसैले नलिएपनि त्यस क्षेत्रमा सक्रिय आतंककारी संगठन बोको हरामले सर्वसाधारणलाई लक्षित गरी नियमित आक्रमण गर्दै आएको छ । पछिल्लो आक्रणमा पनि बोको हरामकै संलग्नता रहेको आशंका गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : १३ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा