स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अधिकृत १ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अधिकृत १ लाख घुससहित पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सातौं तहका राम अवतार गुप्ता छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार गुप्ताले जनचेतनामूलक सामग्रीहरु रेडियोमा प्रचार–प्रसार गर्न कोटेशन दिइ कार्यसम्पन्न गरेको भुक्तानी दिए वापत घुस लिएका थिए ।

काठमाडौंको बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ०४ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका