बिना सम्झौता ईयुबाट बाहिरिने तयारी तीव्र पारिएको बेलायती विदेशमन्त्रीको भनाइ | Khabarhub Khabarhub

बिना सम्झौता ईयुबाट बाहिरिने तयारी तीव्र पारिएको बेलायती विदेशमन्त्रीको भनाइ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतले युरोपेली युनियन ईयुबाट बिना सम्झौता बाहिरिनका लागि तयारी तीव्र पारिरहेको नवनियुक्त बेलायती विदेशमन्त्री डोमिनिक राबले जनाएका छन् ।

बीबीसी रेडियोसँगको कुराकानीका क्रममा उनले आगामी अक्टोबर ३१ मा बेलायत ईयुबाट बाहिरिने र कुनै सम्झौता नै नगरी बाहिरिनका लागि तयारी गरिरहेको विदेशमन्त्री राबको भनाइ छ ।

उनले उत्तरी आयरल्याण्डलाई ईयुका केही नियममा राख्ने गरी भएको ‘अलोकतान्त्रिक’ व्यवस्थालाई स्वीकार गर्न नसकिनेसमेत बताए । बेलायत ईयुबाट बाहिरिएको खण्डमा ईयु सदस्य मुलुक आयरल्याण्डसँग सीमा जोडिएको एवं बेलायतको प्रशासनमा रहेको उत्तरी आयरल्याण्ड पनि बाहिरिनु पर्ने भएकाले त्यसले आयरल्याण्डको सीमा क्षेत्रमा समस्या उत्पन्न हुने भन्दै उत्तरी आयरल्याण्डलाई पनि ईयुका केही नियममा राखिनुपर्ने आवाज उठ्ने गरेको छ ।

बेलायत जसरी भएपनि ईयुबाट बाहिरिनुपर्ने मत राख्दै आएका राबले सकेसम्म एक किसिमको सम्झौता गरी ईयुबाट बाहिरिने र त्यो सम्भव नभएको खण्डमा बिना कुनै सम्झौता नै ईयुबाट बाहिरिन सकिने बताउँदै आएका छन् ।

बेलायत ईयुबाट बाहिरिएमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै विपक्षीहरुले जसरी भएपनि ईयुसँग उपलब्धीमूलक सम्झौता गरी बाहिरिनुपर्ने बताउँदै आएका छन् ।

अर्कोतर्फ बेलायतका अधिकांश दक्षिणपन्थी नेताहरुले भने बेलायतको सार्वभौमिकता ईयुको नियन्त्रणबाट फिर्ता लिनका लागि कुनै सम्झौता नगरी ईयुबाट बाहिरिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०८ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द