बिना सम्झौता ईयुबाट बाहिरिने तयारी तीव्र पारिएको बेलायती विदेशमन्त्रीको भनाइ « Khabarhub

बिना सम्झौता ईयुबाट बाहिरिने तयारी तीव्र पारिएको बेलायती विदेशमन्त्रीको भनाइ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतले युरोपेली युनियन ईयुबाट बिना सम्झौता बाहिरिनका लागि तयारी तीव्र पारिरहेको नवनियुक्त बेलायती विदेशमन्त्री डोमिनिक राबले जनाएका छन् ।

बीबीसी रेडियोसँगको कुराकानीका क्रममा उनले आगामी अक्टोबर ३१ मा बेलायत ईयुबाट बाहिरिने र कुनै सम्झौता नै नगरी बाहिरिनका लागि तयारी गरिरहेको विदेशमन्त्री राबको भनाइ छ ।

उनले उत्तरी आयरल्याण्डलाई ईयुका केही नियममा राख्ने गरी भएको ‘अलोकतान्त्रिक’ व्यवस्थालाई स्वीकार गर्न नसकिनेसमेत बताए । बेलायत ईयुबाट बाहिरिएको खण्डमा ईयु सदस्य मुलुक आयरल्याण्डसँग सीमा जोडिएको एवं बेलायतको प्रशासनमा रहेको उत्तरी आयरल्याण्ड पनि बाहिरिनु पर्ने भएकाले त्यसले आयरल्याण्डको सीमा क्षेत्रमा समस्या उत्पन्न हुने भन्दै उत्तरी आयरल्याण्डलाई पनि ईयुका केही नियममा राखिनुपर्ने आवाज उठ्ने गरेको छ ।

बेलायत जसरी भएपनि ईयुबाट बाहिरिनुपर्ने मत राख्दै आएका राबले सकेसम्म एक किसिमको सम्झौता गरी ईयुबाट बाहिरिने र त्यो सम्भव नभएको खण्डमा बिना कुनै सम्झौता नै ईयुबाट बाहिरिन सकिने बताउँदै आएका छन् ।

बेलायत ईयुबाट बाहिरिएमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै विपक्षीहरुले जसरी भएपनि ईयुसँग उपलब्धीमूलक सम्झौता गरी बाहिरिनुपर्ने बताउँदै आएका छन् ।

अर्कोतर्फ बेलायतका अधिकांश दक्षिणपन्थी नेताहरुले भने बेलायतको सार्वभौमिकता ईयुको नियन्त्रणबाट फिर्ता लिनका लागि कुनै सम्झौता नगरी ईयुबाट बाहिरिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ७ : ०८ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००