कानले कसरी सुन्छ ? कानमा लाग्ने रोग, कारण र बच्ने उपाय « Khabarhub

कानले कसरी सुन्छ ? कानमा लाग्ने रोग, कारण र बच्ने उपाय


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कान मानिसको प्रमूख ज्ञानेन्द्रिय मध्यको एउटा महत्वपूर्ण अङ्ग हो । कानको बाहिरी आकृतिले मानिसको शारीरिक शोभा बढाउने काम गर्छ ।

कानको मुख्य काम सुन्ने र शरीरलाई सन्तुलनमा राख्ने हो । कानलाई बाह्य, मध्य र भित्री गरी तीन भागमा विभाजित गरिएको हुन्छ ।

कानको बाह्य भाग सिमि आकारको माँसपेशी र कुरकुरे हड्डीबाट बनेको हुन्छ । मध्य भागमा तीन वटा स–साना हड्डी हुन्छन् । कानको मध्य भागको एउटा नलीद्धारा नाक र घाँटीसँग जोडिएको हुन्छ । भित्री भागमा तरल र विशेष किसिमका तन्तुहरु रहेको हुन्छ ।

जुन बाहिरबाट आएको आवाज कानको प्वाल, जाली हड्डी हुँदै भित्री भागमा प्रवेश हुन्छ । जहाँ सुनाई र सन्तुलन सम्बन्धी विशेष काम हुन्छ र सो तरङ्गको रुपमा नसाहरुले मस्तिष्क वा केन्द्रसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ ।

यदि कानको अवस्था ठिक छैन भने आवाज ग्रहणता र प्रतिउत्तरमा पनि बाध पुग्छ र शरीर असन्तुलन हुन पनि सक्छ । कानमा कुनै समस्या आउँदा समयमै उपचार गर्नुपर्छ । यदि कानको समस्यालाई वेवास्ता गरिएमा जीवनभर नै पूरा बहिरो वा अर्ध बहिरो भएर बाँच्नुपर्ने हुन्छ । त्यसैले स्वास्थ्य जीवनका लागि स्वस्थ कान महत्पूर्ण हुन्छ ।

कानमा हुनसक्ने समस्याहरु

– कान दुख्ने,

–कान पाक्ने,

– कानबाट पानी, पीप र रगत मिश्रित झोल पदार्थ आउने,

–कानको सुनाई कम हुने,

–कान कराउने,

– कानको वरिपरी दुख्ने,

– कान चिलाउने,

– रिंगाटा लाग्ने आदि कानमा हुनसक्ने समस्या हुन् ।

कानमा समस्या आउनुको कारण

–कानेगुजी भरिनु,

–बाहिरी, मध्य र भित्री कानको रोगको संक्रमण,

– उमेर बढ्दै जाँदा कानको नसा सुक्दै जानु,

– मेनिन्जाइटिस, इन्सेफलाइटिस, टाइफाइड हुनु,

– चोटपटक लाग्नु,

–कानभित्र मासु पलाउनु,

– ध्वनी प्रदूषण हुनु ।

कानमा समस्या हुन नदिन यस्तो गर्नुस्

–कानमा पानी पस्न नदिने,

– कानमा तेल वा कुनै तरल पदाथए नराख्ने,

– कान कोट्याउने काम नगर्ने,

– रुघा लाग्दा होसिया रहने ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ०६ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले