संसद निलम्बन गर्न बेलायती महारानीले दिइन् अनुमति « Khabarhub

संसद निलम्बन गर्न बेलायती महारानीले दिइन् अनुमति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएकी छन् । यो अनुमतिले अब बेलायती प्रधानमन्त्री बोरिसलाई अघि बढ्न सहज भएको छ ।

महारानी एलिजावेदको अनुमतिसँगै प्रधानमन्त्री बोरिसले आउँदो सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बन गर्ने प्रकियामा जाने अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने पनि जनाएका छन्।

संसद् भंग गर्ने सरकारको निर्णयलाई लिएर विपक्षी दलले भने आलोचना गरेका छन्। टोरी पार्टीका ब्याक बेन्चर डोमिनिक ग्रिबले सरकारको यो कदमलाई अपमानजनक भएको बताएका छन्। यस घटनाले जोनसनको सरकार तल गिरेको उनको दाबी छ। यो कदम अलोकतान्त्रिक भएको पनि सांसदहरुले बताएका छन्।

प्रधानमन्त्री जोनसनले भने देशलाई अघि लैजानका लागि यो कदम चालिएको बताएका छन् । संसद्‌समक्ष बेलायतलाई युरोपेली संघ (इयू)बाट बाहिर ल्याउनको लागि पर्याप्त समय भएको भन्दै उनले त्यसका लागि गृहकार्य शुरु गरेको पनि बताएका छन् । बेलायत अक्टोबर ३१ मा इयुबाट बाहिरिने मिति तय भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : १७ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै