मौसमः देशभर आंशिक बदली हुने, मेघ गर्जनसहित चट्याङको सम्भावना « Khabarhub

मौसमः देशभर आंशिक बदली हुने, मेघ गर्जनसहित चट्याङको सम्भावना


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विहानैबाट काठमाडौंको मौसममा फेरबदल भएको छ । पानी नपरे पनि आकाशमा कालो बादल मडारिएको छ । विहान ७ बजेपछि पनि काठमाडौं अँध्यारोजस्तो देखिएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ ।

महाशाखाले मेघगर्जन र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रकृतिको मौसम प्रक्षेपण नगरेको भए पनि वर्षा हुने सम्भावना भने बुधबारै जनाएको थियो ।

मनसुनी न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी भूभाग नजिक रहेको न्यून चापिय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जनाइएको छ ।

महाशाखाले बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । त्यस्तै राति पनि उक्त अवस्था नै रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : १७ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई