मौसमः देशभर आंशिक बदली हुने, मेघ गर्जनसहित चट्याङको सम्भावना | Khabarhub Khabarhub

मौसमः देशभर आंशिक बदली हुने, मेघ गर्जनसहित चट्याङको सम्भावना


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विहानैबाट काठमाडौंको मौसममा फेरबदल भएको छ । पानी नपरे पनि आकाशमा कालो बादल मडारिएको छ । विहान ७ बजेपछि पनि काठमाडौं अँध्यारोजस्तो देखिएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ ।

महाशाखाले मेघगर्जन र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रकृतिको मौसम प्रक्षेपण नगरेको भए पनि वर्षा हुने सम्भावना भने बुधबारै जनाएको थियो ।

मनसुनी न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी भूभाग नजिक रहेको न्यून चापिय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जनाइएको छ ।

महाशाखाले बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । त्यस्तै राति पनि उक्त अवस्था नै रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : १७ बजे

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा

एजेन्सी– दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र

तुइन खोला क्षेत्रको पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी– मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–

गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’

काठमाडौं- नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा केपी शर्मा ओली नेतृत्वको

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो ।

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)

काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर