आफ्नै शरीरमा ब्लेडले घाउ पार्ने व्यक्ति पक्राउ « Khabarhub

आफ्नै शरीरमा ब्लेडले घाउ पार्ने व्यक्ति पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफ्नै शरीर ब्लेडले काटेको अभियोगमा कैलालीमा १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–३ घर भइ कैलालीको गोदावरी नगरपालिका बस्ने २५ वर्षी हेम प्रकाश मल्ल छन् ।

प्रहरीका अनुसार मल्लले आफूमाथि धारिलो हतियारबाट आक्रमण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए ।

गोदावरी नगरपालिका–४ स्थित गोदावरी जंगलमा अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको मल्लको भनाइ थियो ।

प्रहरीका अनुसार श्रीमतीसँग अलग हुन भन्दै अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका थिए ।

तर, प्रहरी अनुसन्धानबाट मल्ल आफैंले आफ्नो जिउमा घाउ पारेको देखिएको हो । उनले आफ्नी श्रीमतीसँग अलग हुनका लागि अर्को व्यक्तिले आक्रमण गरेको देखाउन आफैंले आफ्नो शरीरमा घाउ पारेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

डिएसपी बस्नेतका अनुसार मल्लले दाह्री काट्ने ब्लेडको प्रयोग गरेर आफ्नो शरीरमा घाउ पारेको देखिएको छ ।

प्रहरीले मल्ललाई पक्राउ गरी सोधपुछ पछि परिवारको जिम्मा लगाएको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : २५ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको