आज देशको अधिकांश ठाउँमा पानी पर्ने सम्भावना | Khabarhub Khabarhub

आज देशको अधिकांश ठाउँमा पानी पर्ने सम्भावना


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उनको भनाइ थियो ।

“उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले भनिन् । हाल देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भाबना छ । बताइएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ०० बजे

दक्षिण सुडानमा स्वास्थ्य अभियान सुरु, लाखौँलाई लाभ हुने अपेक्षा

एजेन्सी– दक्षिण सुडान सरकारले विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र

तुइन खोला क्षेत्रको पहिरो : पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी– मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा–

गुन्डूमा सुरू भयो खादा-मालाको ‘उत्सव’

काठमाडौं- नयाँ पुस्ताको भावनालाई बुझ्न नसक्दा केपी शर्मा ओली नेतृत्वको

ओरालो लाग्यो नेप्से, १९३ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८९ अंकले घट्यो ।

आगजनीपछि अस्तव्यस्त सर्वोच्च अदालत (तस्बिरहरू)

काठमाडौं– त्रिपाल टाँगेर न्याय सम्पादन गरिरहेको सर्वोच्च अदालतमा आगोले खण्डर