फिल्मका लागि सुरक्षाले गरिन् कपाल मुण्डन « Khabarhub

फिल्मका लागि सुरक्षाले गरिन् कपाल मुण्डन


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक फिल्ममा चरित्र अनुसारको भूमिकामा प्रस्तुत हुन खोज्ने नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’ का लागि कपाल मुण्डन गरेकी छिन् । यो चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् ।

सुरक्षाका अनुसार चलचित्रका केही दृश्यमा कपाल मुण्डन गर्नुपर्ने दृश्य छन् । ती दृश्यमा आफूलाई वास्तविक देखाउन सकियोस् भनेर कपाल काटेको उनले बताइन् । उनको नयाँ लूकलाई फ्यानले सप्रराइज रुपमा लिएका छन् ।

पछिल्लो समय रिलिज भएको चलचित्र ‘घर’ मा सुरक्षाले एक विवाहित महिलाको भूमिका निभाएकी थिइन् । उनको भूमिकालाई लिएर धेरैले तारिफ गरेका थिए । यद्यपि फिल्म चलेन ।

जबकि, नेपालमा कलाकारले चरित्रमा खासै ध्यान दिएको पाइँदैन ।

निर्देशक दीपेन्द्र के. खनालको ड्रिम प्रोजेक्ट समेत रहेको यो फिल्मलाई सक्दो वास्तविक बनाउन खोजिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा मिथिला शर्मा, सरिता गिरी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

रिलिजअघि राम्रो चर्चामा रहेको यो फिल्म आमाको स्नेहमा आधारित छ । निर्माण टिमका अनुसार यो फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  १ : २६ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित