फिल्मका लागि सुरक्षाले गरिन् कपाल मुण्डन « Khabarhub

फिल्मका लागि सुरक्षाले गरिन् कपाल मुण्डन


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक फिल्ममा चरित्र अनुसारको भूमिकामा प्रस्तुत हुन खोज्ने नायिका सुरक्षा पन्तले चलचित्र ‘आमा’ का लागि कपाल मुण्डन गरेकी छिन् । यो चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरिरहेका छन् ।

सुरक्षाका अनुसार चलचित्रका केही दृश्यमा कपाल मुण्डन गर्नुपर्ने दृश्य छन् । ती दृश्यमा आफूलाई वास्तविक देखाउन सकियोस् भनेर कपाल काटेको उनले बताइन् । उनको नयाँ लूकलाई फ्यानले सप्रराइज रुपमा लिएका छन् ।

पछिल्लो समय रिलिज भएको चलचित्र ‘घर’ मा सुरक्षाले एक विवाहित महिलाको भूमिका निभाएकी थिइन् । उनको भूमिकालाई लिएर धेरैले तारिफ गरेका थिए । यद्यपि फिल्म चलेन ।

जबकि, नेपालमा कलाकारले चरित्रमा खासै ध्यान दिएको पाइँदैन ।

निर्देशक दीपेन्द्र के. खनालको ड्रिम प्रोजेक्ट समेत रहेको यो फिल्मलाई सक्दो वास्तविक बनाउन खोजिएको निर्माण टिमले जनाएको छ । चलचित्रमा मिथिला शर्मा, सरिता गिरी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

रिलिजअघि राम्रो चर्चामा रहेको यो फिल्म आमाको स्नेहमा आधारित छ । निर्माण टिमका अनुसार यो फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : २६ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको