तीजको दरका लागि यसरी बनाउनुहोस फलफूलको सलाद « Khabarhub

तीजको दरका लागि यसरी बनाउनुहोस फलफूलको सलाद


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली महिलाहरुको महान चाड नजिकिँदैछ । यो पर्वमा मीठो मिसिनो खानेकुरा तयार पारेर आपसी खुसीयाली साट्दै बसेर खाने गरिन्छ । त्यसैले तीजको दरका लागि चाहिने एक तत्त्व फलफूलको सलाद महत्त्वपूर्ण हुन्छ ।

फलफूलको सलाद बनाउन चाहिने सामान

भुइँकटहरको टुक्रा १ सय ग्राम, स्याऊको टुक्रा १ सय ग्राम, केराको टुत्रा १ सय ग्राम, काँक्रा १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, अनारको दाना ५० ग्राम, मायोनेज सस आधा कप, मरिचको धूलो तथा नुन स्वादअनुसार।

कसरी तयार पार्ने ?

विधि : माथि उल्लेख गरिएका सबै सामग्रीलाई एउटा भाँडामा राखेर फलफूल नलत्पतिने गरी हल्कासँग चलाउने। मायोनेज सस चारैतिर लागिसकेपछि नुन तथा मरिच छर्कने। यसरी तयार गरिएको सलादलाई एक घन्टा फ्रिजमा राख्ने। यो परिकार खानासँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  १ : ४३ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित