डेंगु फैलनुमा जलवायु परिवर्तनको प्रभाव : स्वास्थ्य मन्त्रालय « Khabarhub

डेंगु फैलनुमा जलवायु परिवर्तनको प्रभाव : स्वास्थ्य मन्त्रालय


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलवायु परिर्वतनको प्रभावले १५ वर्षअघि चितवन जिल्लामा देखिएको डेंगु अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसको प्रभावले विश्वभर नै मानविय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको देखिएको छ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ–नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताएका हुन् ।

उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताए । जलवायुकै प्रभावका कारण सीमित मुलुकमा देखिदै आएको डेंगु पछिल्लो ८/१० बर्षमा विश्वका २५/३० वटा मुलुकमा पुगेको उनले बताए । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औँल्याए ।

उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजोर र औलोको समस्या पनि पुनः देखा परेको भन्दै समयमै ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविष्यमा अपनाउनुपर्ने रणनीतिलगायत विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ४६ बजे

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु