डेंगु फैलनुमा जलवायु परिवर्तनको प्रभाव : स्वास्थ्य मन्त्रालय « Khabarhub

डेंगु फैलनुमा जलवायु परिवर्तनको प्रभाव : स्वास्थ्य मन्त्रालय


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलवायु परिर्वतनको प्रभावले १५ वर्षअघि चितवन जिल्लामा देखिएको डेंगु अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसको प्रभावले विश्वभर नै मानविय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको देखिएको छ । जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ–नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताएका हुन् ।

उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताए । जलवायुकै प्रभावका कारण सीमित मुलुकमा देखिदै आएको डेंगु पछिल्लो ८/१० बर्षमा विश्वका २५/३० वटा मुलुकमा पुगेको उनले बताए । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औँल्याए ।

उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजोर र औलोको समस्या पनि पुनः देखा परेको भन्दै समयमै ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविष्यमा अपनाउनुपर्ने रणनीतिलगायत विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ४६ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन