तपाईंको स्वभाव कस्तो छ ? साहिँली औंला हेरेर पत्ता लगाउन सकिन्छ « Khabarhub

तपाईंको स्वभाव कस्तो छ ? साहिँली औंला हेरेर पत्ता लगाउन सकिन्छ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा तथा जन्म मितिका आधारमा भविष्यफल हेरिँदै आइएको छ । हामी धेरथोर त्यसमा विश्वास पनि गर्छौं । यदि यी कुरामा विश्वास गर्नुहुन्छ भने अर्को एक तथ्यसमेत फेला परेको छ । मनुष्यको हातको साहिँली औंलाको आकारले व्यक्तिको स्वभाव बताउन सक्ने कुरा पत्ता लागेको हो ।

ब्यक्तिको हात तीनभागमा विभाजित हुन्छ । यी तीन प्रकारका हातका साहिँली औंलोको लम्बाइले तपाईंको स्वभाव निर्धारण गर्न सक्छ । हामी यहा साहिँली औंलाको लम्बाईअनुसार तपाईको स्वभावको चर्चा गर्दैछौँ, जसअनुसार तपाईं आफ्नो र साथीभाइको औंला हेरेर कस्तो व्यक्तित्व छ, त्यसबारे पत्ता लगाउन सक्नुहुन्छ ।

१) यदि तपाईंका हातको साहिँली औंला, चोरी औंलाभन्दा ठूलो छ भने तपाईं जोखिमसंग खेल्न मन पराउने स्वभावको हुनुहुन्छ । तपाईंको ब्यक्तित्व आर्कषक र सुमधुर हुन्छ । तपाईंलाई सहजै मानिसहरुले मन पराउँछन् । तर कुनैकुनै बेला तपाई आक्रमक हुने हुँदा आफैलाई त्यसले असर गर्न सक्छ । तपाईं आफ्ना सहकर्मीको तुलनामा धेरै धन कमाउनुहुन्छ ।

२) यदि तपाईंको हातको साहिँली औंला, चोरी औंलाभन्दा सानो अर्थात छोटो छ भने तपाईं एक्लै बस्न मन पराउने स्वभावको हुनुहुन्छ । यसको असर तपाई‌ंको प्रेम जीवनमा समेत पर्दछ, मन परेको मानिसलाई भन्न नसक्नु तपाईंको ठूलो कमजोरी हुन्छ । तपाईं आत्मकेन्द्रीत भएकाले आफू एक्लैमा रमाउनु हुन्छ । तपाईंलाई अरुले बोलाएको ठाउँ वा भिडमा जान मन पर्दैन ।

३) यदि तपाईंको हातको साहिँली औंला, चोरी औंला बराबर छ भने तपाईंहरु शान्ति प्रिय हुनुहुन्छ । तपाईं आफू शान्त बस्न रुचाउँनु हुन्छ । तपाईंको स्वभाव राम्रो हुने भएकाले दुई पक्ष्ँबीचको मध्यस्थकर्ताको भूमिकामा तपाईं विश्वास पात्र हुनुहुन्छ । आफ्नो साथीलाई समेत तपाईं अत्यन्त प्रेम गर्ने स्वभावको हुनुहुन्छ । साथै भावनात्मक रूपमा स्थिर रहने भएकाले तपाईं हत्तपत्त प्रतिक्रिया जनाउनु हुन्न ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ४ : १९ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।