भारतीय न्यायिक प्रणालीबारे अध्ययन गर्दै अधिवक्ताहरुको टोली « Khabarhub

भारतीय न्यायिक प्रणालीबारे अध्ययन गर्दै अधिवक्ताहरुको टोली


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकार तथा ७ प्रदेशका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल भारतको भ्रमणमा रहेको छ ।
महान्यायाधिवक्ता अग्नि खरेल नेतृत्वको टोली गत भदौ ८ गते भारत भ्रमणमा निस्किएको हो ।

साताव्यापी भ्रमणमा निस्किएको टोलीको प्रमुख उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्ध बारे अध्ययन गर्ने रहेको छ ।

महान्यायाधिवक्ता खरेलले गत मंगलबार मात्रै भारतीय समकक्षीसँग भेटवार्ता गरी आपसी हितको विषयमा छलफल गरे ।

त्यसैगरी टोलीले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा समेत भाग लिएका छन् ।

प्रतिनिधिमण्डलले शनिबारसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथैे गान्धी नगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिएर स्वदेश फर्किनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै