भारतीय न्यायिक प्रणालीबारे अध्ययन गर्दै अधिवक्ताहरुको टोली « Khabarhub

भारतीय न्यायिक प्रणालीबारे अध्ययन गर्दै अधिवक्ताहरुको टोली


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकार तथा ७ प्रदेशका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल भारतको भ्रमणमा रहेको छ ।
महान्यायाधिवक्ता अग्नि खरेल नेतृत्वको टोली गत भदौ ८ गते भारत भ्रमणमा निस्किएको हो ।

साताव्यापी भ्रमणमा निस्किएको टोलीको प्रमुख उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्ध बारे अध्ययन गर्ने रहेको छ ।

महान्यायाधिवक्ता खरेलले गत मंगलबार मात्रै भारतीय समकक्षीसँग भेटवार्ता गरी आपसी हितको विषयमा छलफल गरे ।

त्यसैगरी टोलीले भारतको सर्वोच्च अदालत, दिल्ली उच्च अदालतको भ्रमण गर्नुका साथै नयाँ दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा समेत भाग लिएका छन् ।

प्रतिनिधिमण्डलले शनिबारसम्म गुजरातको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा गुजरात उच्च अदालतको भ्रमण गरी त्यहाँका महाधिवक्तासँग भेटघाट गर्नुका साथैे गान्धी नगरस्थित गुजरात फोरेन्सिक विज्ञान विश्वविद्यालयमा (जीएफएसयु) एक दिने कार्यशालामा भाग लिएर स्वदेश फर्किनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : ४७ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ