लागूऔषध सहित तीन जना पक्राउ « Khabarhub

लागूऔषध सहित तीन जना पक्राउ


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१५ मालेपाटन बस्ने २७ वर्षीय दिनेश बिक, सोही महानगरपालिका-३१ बस्ने २७ वर्षीय सुनिल गायक र काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय अजय सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख १५७९ नम्बरको बस जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  ७ : २० बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत