अष्ट्रेलिया जाँदैहुनुहुन्छ ? जानुअघि जान्नैपर्ने १० कुरा « Khabarhub

अष्ट्रेलिया जाँदैहुनुहुन्छ ? जानुअघि जान्नैपर्ने १० कुरा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया भन्ने वित्तिकै सुविधा सम्पन्न ठूला शहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, कङ्गारु भन्ने बुझिन्छ ।

सायद त्यसैले अष्ट्रेलिया जान जो कोहीलाई पनि मन हुनसक्छ । त्यसैपनि नेपालबाट हरेक वर्ष अध्ययनका लागि धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया गइरहेका छन् ।

यदि तपाई पनि अध्ययन, रोजगारी वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ ।

१. महंगो देश

अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छैन, तर दोहोरो यात्राका लागि महंगो हुन्छ । यदि तपाई आफ्नो ‘क्याम्पिङ’ (पाल) छैन भने होस्टलमा रहन सक्नुहुन्छ, यो तुलनात्मक रुपमा सस्तो हुन्छ ।

त्यसमा पनि तपाई व्यक्तिगत चाहानुहुन्छ भने एकल कोठा लिन सक्नुहुन्छ, यो पनि होटेलको तुलनामा सस्तो हुनछ । रेष्टुरेन्ट धेरै छन् तर, लोकल खाना खान्छु भनेर नसोच्नुहोस् । अष्ट्रेलियामा सार्वजनिक स्थलमा खाना बनाएर खाने ठाउँ बनाइएको हुन्छ, त्यसमा आफ्नो लागि आफैँले खाना बनाएर खानुपर्ने हुन्छ ।

२. अष्ट्रेलिया विशाल र अत्यन्तै विविधताको मुलुक

अष्ट्रेलिया विश्वको छैटौँ ठूलो देश हो, जसले ७६,९२,०२४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यद्यपी, जनघनत्वको आधारमा सबैभन्दा कम जनसंख्या भएको देश हो । धेरै जसो अष्ट्रेलियन नागरिक समुन्द्र किनारमा बस्छन् । बाँकी भू भाग भने विशाल मरुभूमी र जंगलले ढाकिएको छ ।
३. स्थानिय भाषासँग परिचित हुनुहोस्

अमेरिकी र अष्ट्रेलियन अंग्रेजी भाषामा केही भिन्नता छ । अंग्रेजी भाषा नै प्रचलनमा रहेपनि अष्ट्रेलियामा फरक अर्थ लाग्छ । अष्टे«लियन नागरिकले बोल्ने अँग्रेजी भाषाका केही शब्दहरु भने अन्य अँग्रेजी बोल्ने मुलुकको भन्दा केही फरक छ ।

जस्तै, यदि तपाईलाई ‘टि’ (चिया) पिउन निमन्त्रणा गरिएको छ भने यसलाई खाना खान बोलाइएको बुझ्नुपर्छ । हामीले बुझ्ने अंग्रेजी भाषा त्यहाँको स्थानीय अर्थमा बेग्लै अर्थ दिन्छ, त्यसैले तपाई अर्थ वा संकेतबारे सतर्क रहन आवश्यक छ । तर, केही समयपछि भाषा बुझ्न समस्या हुन्न ।

४. प्रसस्तै कङगारु देखिनेछन् भन्ने आशा नराख्नुहोस्

अष्ट्रेलियामा त प्रसस्तै कङ्गारु देखिएलान् भन्ने हरेकको अपेक्षा हुनसक्छ । तर, त्यसो होइन । कङ्गारु अष्ट्रेलियाका जंगलमा देखिन सक्छन्, तर अष्ट्रेलिया भन्ने वित्तिकै भालु, कंगारु जस्ता जनावर वरिपरि देखिन्छन् भन्ने नसोच्नुहोस् ।

कहिले–काही मुख्य शहर तथा गल्फ कोर्समा पनि देख्न भने सकिन्छ ।

५. आफ्नो उदारतालाई नदेखाउनुहोस्

अष्ट्रेलियामा ‘टिप्स’, बक्सिस वा उदारतालाई सामान्य मानिदैन । रेष्टुरेन्ट, बार तथा ट्याक्सीमा बक्सिस अर्थात् टिप्स दिने चलन छैन । किनकि, अष्ट्रेलियमा सबै कामदारलाई पुग्दो तलब दिइएको हुन्छ ।

६. कडा घामसँग लड्नु

अष्ट्रेलियामा निकै कडा घाम हुन्छ । तपाईले जति सक्दो आफ्नो शरीरलाई जोगाउनुभयो त्यति राम्रो हुन्छ, नभए तपाईको छाला नराम्ररी डढ्न सक्छ । त्यसैले तपाई र घामबीच सन्तुलन गुम्न नदिनुहोस् ।

७. चकित पार्ने मौसम

उत्तर अमेरिका वा युरोप जस्तो न्यानो हुँदैन अष्ट्रेलियाको बर्षात् । यहाँ घाम निकै कडा लाग्ने र चाँडै बर्षात् हुन्छ । तर, बर्षभरी तातो हुन्छ भन्ने नसम्झनुहोस्, देशको उत्तरी भागमा न्यायो हुने गर्छ, जहाँको तापक्रम ५ डिग्री सेल्सियसम्म झर्न सक्छ र हिउँ पनि पर्ने हुन्छ । समुन्द्र नजिक हुनाले यहाँको मौसम निकै छिटो छिटो परिवर्तन हुने गर्छ ।

८. लोकल मदिरा

यदि तपाई रातको समयमा पिउने सोच्नुहुन्छ भने त्यहाको स्थानीय मदिरालाई रोज्नुहोस् । अष्ट्रेलियामा स्थानीय मदिरालाई निकै गुणस्तरीय मानिन्छ ।

९. ‘स्लो’ इन्टरनेट

अष्ट्रेलियामा इन्टरनेट महंगो र ‘स्लो’(ढिलो) हुन्छ । होटल तथा केही क्याफेमा वाई–फाई उपलब्ध हुन सक्छ, तर भएको र नभएको एउटै हुन्छ ।
१०. बस्न लोभिनु हुन्छ

अष्ट्रेलियाले तपाईलाई लोभ्याउने छ । तपाई देख्न सक्नुहुन्छ, मनोरम सूर्यस्त, लहलहलाउदो हरिया पहाड र बर्षभरी पानी पर्ने जंगल, सङलो पारदर्शी पानीमा पौडिरहेको र सुन्दर सामुन्द्रिक तटमा नुहाइरहेको । तपाई राम्रा मानिससँग भेट्न सक्नुहुन्छ, उनहरुको कथा सुन्न सक्नुहुनछ र साहशिक यात्रामा जानसक्नुहुनछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ४७ बजे

अर्की इन्फ्लुएन्सर पनि फिल्ममा, साइन गरिन् ‘चिरञ्जीवी भव’

काठमाडौं – युवा पुस्तामाझ चर्चिमा रहिरहने सोसल मिडिया इन्फ्लुएन्सर प्रशंसा

दोलखाको सुन्द्रावतीमा खान्डु राजाको दरबार भेटिएको दाबी : थप अनुसन्धान गर्न स्थानीयको माग

दोलखा- दोलखा जिल्लास्थति कालिञ्चाेक गाउँपालिकाको सुन्द्रावतीमा पछिल्ला दिनहरूमा एउटा प्राचीन

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम

रूसी तेल छुटप्रति युक्रेनको आपत्ति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं– आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम,