बेडरुममा यी सामाग्री राख्नु अघि सावधान ! दाम्पत्य जीवन टुट्न सक्छ « Khabarhub

बेडरुममा यी सामाग्री राख्नु अघि सावधान ! दाम्पत्य जीवन टुट्न सक्छ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वैवाहिक जीवनपछि महिला पुरुषको सबैभन्दा गोप्य तथा अन्तरंग सम्बन्धका लागि बेडरुम उपयुक्त स्थान हुने गर्दछ ।

वैवाहिक जीवनपछि तपाईंले आफ्नो बेडरुममा राख्ने सामाग्रीका विषयमा ध्यान दिनुपर्ने हुन्छ । त्यसो नगरेको खण्डमा बेडरुममा राख्ने सामाग्रीले समेत श्रीमान–श्रीमतीको सम्बन्धमा दरार पैदा गर्न सक्छ ।

१. भगवानका तस्विर

वास्तुशास्त्रका अनुसार विवाहित जोडीले बेडरुममा भगवानको तस्विर राख्नु उत्तम हुँदैन । यसले श्रीमान्–श्रीमती बिचको सम्बन्धमा दरार उत्पन्न गर्छ । भगवानका तस्विरलाई सकेसम्म छुट्टै कोठामा राख्नु उत्तम हुन्छ । सम्भव नभए पनि बेडरुममा भगवानको तस्विर राख्नु हुँदैन

२. विद्युतीय सामाग्री

विवाहित जोडीको कोठामा कुनै पनि विद्युतीय सामाग्री राख्नु हुँदैन । कोठामा भएका कम्प्युटर, टिभीलगायत विद्युतीय उपकरण नै श्रीमान्–श्रीमती बिच सम्बन्ध बिर्गाने प्रमुख कारक बन्न जान्छ । आजको समयमा सूचनाको पहुँचमा रहने नाममा बोकिने मोबाइलको अधिक प्रयोग दम्पत्तीको सम्बन्धमा फाटो ल्याउने कारण बन्ने छ ।

३. जुत्ता–चप्पल

वास्तुशास्त्रका अनुसार बेड रुममा जुत्ता, चप्पल राख्नु हुँदैन । बेडरुममा जुत्ता, चप्पल तथा अन्य अनावश्यक चिज राख्दा श्रीमान–श्रीमतीबीच मनमुटाव हुने वास्तुशास्त्रले बताउँछ । पाउँमा लगाएर भुईमा टेकिने जुत्ता, चप्पलले बेडरुममा नकरात्मक शक्ति र त्यसको प्रभाव बढाउने गर्दछ ।

४. यी तस्विर नराख्नु

दम्पत्ती जोडीको अन्तरंग सम्बन्ध हुने र पूर्णतः विश्राम गर्ने स्थान हो बेडरुम । त्यसैले बेडरुममा कुनै पनि हिंसा प्रेरित तस्बिर, कुनै हिंस्रक जीव वा मारकाट भएको तस्विर राख्नुहुँदैन । बेडरुममा मनलाई शान्त बनाउने हिमाल, झरना, जोडी पक्षीलगायतको तस्विर राख्दा उत्तम हुन्छ ।

५. दुईवटा बेड खतरनाक

वैवाहिक जोडीको बेडरुममा सधैँ एउटा मात्रै बेड अर्थात सुत्ने ओछ्यान (पलङ/खाट) हुन जरुरी छ । बेडरुममा दुईवटा बेड भएमा साधारण कुरामा बहस हुँदा पनि घुर्काउने नाममा अर्काे बेड जाने र बिस्तारै त्यही गतिविधि मनमुटावको कारण बन्न सक्छ । अझ एउटै डसना र सिरक हुनुपर्दछ । मानिस सानो कुरामा पनि चिढिने र आफ्नो अपेक्षाअनुसार नभए रिसाउँने, झर्किने स्वभावको भएकाले उसलाई फकाउन सिंगल बेड नै सहज हुन्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : १७ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर