विपद व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक « Khabarhub

विपद व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहसचिव प्रेम कुमार राईले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरि ठोस रणनीति बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको विहिबारको बैठकमा बोल्दै उनले स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए ।

तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारतर्फका ढोका नखोलेकाले तथा बागमती र लालबकैया नदीको तटबन्ध कमजोर भएका कारण रौतहटमा डुबान भएको भन्दै उनले आन्तरिक र सिमा क्षेत्रका समस्या सम्बोधनका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिए ।
उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन हुदै गरेको र सबै तथ्यांङ्क आएपछि सरकारले निर्णय गर्ने जानकारी दिए ।
विपद व्यवस्थापन नियमावली अनुसार संघीय सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैया उपलब्ध गराउने काम गर्नुको साथै प्रदेशसरकार तहबाट दिइने राहत विरणमा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनुपर्ने बताए ।

समिति सदस्यहरुले बाढी पहिरो र डुबानको समस्या सम्बोधन गर्ने सरकारको पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने, सिमामा देखिएको समस्या र आन्तरिक समस्याको अध्ययन गरि दीर्घकालिन समाधानका लागि योजना बनाउनुपर्ने तथा तीन तहका सरकारबीच देखिएको समन्वयको अभावलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए ।

समितिले बाढी पीडीतको अनुगमन प्रतिवेदन सम्बन्धमा गृहमन्त्री, गृहसचिवसंग छलफल गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी

विभिन्न घटकलाई एकीकृत गर्दै साहको अध्यक्षतामा कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन 

काठमाडौं– कमन जेन-जी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।