राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवालाई, डिजिटल साथी दोस्रो « Khabarhub

राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवालाई, डिजिटल साथी दोस्रो


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो युथ कोःल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाले जितेको छ । युएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल विजनेस सेन्टर, किंग्स कलेजको आयोजना राजधानीमा भएको राष्ट्रिय संवाद कार्यक्रममा डुलुवाले उपाधि जितेको हो ।

उपाधिसँगै डुलुवाले नगद एक लाख रुपैयाँ र विश्व उद्यमशीलता फोरोम तथा स्वीट्जरल्याण्डमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ । डुलुवाले ग्रमीण भेगको पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।

यस्तै दोस्रो ‘डिजिटल साथी’ र तेस्रो ‘आवास’ भएको छ । उनीहरुले रु ५०–५० हजारसहित ‘युथ कोःल्याब’नमा सहभागिता हुने अवसर प्राप्त गरेका छन् । डिजिटल साथीले प्रविधिको प्रयोगका बारेमा सचेतना जगाउने र आवासले प्लाष्टिकको फोहर सङ्कलने गरेर त्यसबाट इँटा बनाउने काम गर्दै आएको छ ।

कार्यक्रमको समापन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विकास र समृद्ध नेपाल निर्माणमा युवा जनशक्तिको स्रोतलाई परिचालन नगरेसम्म सरकारले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने बताए ।

उनले युवाको उद्यमशीलताको चाहनाअनुरूप सरकारले युवा परिचालनलाई विशेष रूपमा लैजान खोजेको बताए । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्दै मन्त्री विश्वकर्माले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताए ।

आयोजक संस्था आयोनका अध्यक्ष जगदीश ऐरले युवाका नवीन सोचलाई व्यावसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सातवटै प्रदेशबाट १५० भन्दा बढी युवा उद्यमी समूहबाट छानिएका उत्कृष्ट १० युवा उद्यमीका बीचमा प्रतिस्पर्धा गराइएको थियो । युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा उत्कृष्ट १० युवा उद्यमीका समूहले आआफ्नो उद्यमका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमले सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गरेको आयोजकको विश्वास रहेको छ । सो कार्यक्रम बुधबारबाट दुई दिनसम्म चलेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : १८ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ