पूर्वमन्त्री श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद « Khabarhub

पूर्वमन्त्री श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।

व्यापारी संघाईको अपहरणमा गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजालसले जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनीहरुलाई सजाय थप गरेको हो ।

यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए। २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौतीबापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ४५ बजे

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको