मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी « Khabarhub

मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा जित हासिल गरेको छ ।
१० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेनन ।

तर, खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ । पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ५८ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र