इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जीत | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जीत


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले एभर्टनलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गर्‍यो ।

शनिबार राति भएको खेलमा सिटीलाई जीत दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए ।

गुडिसन पार्कमा खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने सिटीले दुई गोल गर्‍यो । खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जीतसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २१ अंक छ ।

एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ । एभर्टन १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ४७ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,