गगन थापाले लेखे- सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्‍यो प्रमज्यू ?’ « Khabarhub

गगन थापाले लेखे- सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्‍यो प्रमज्यू ?’


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि रकम दिने सरकारी निर्णयबारे गम्भीर प्रश्न खडा गरेका छन् ।

नेता थापाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफूहरुले एक वर्ष अगाडि पारित गरेको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिन नमिल्ने बताएका छन् । उनले कानून पूर्व राष्ट्रपति वा प्रधानमन्त्रीलाई पनि लागू हुने भन्दै सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो भनी प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘हामीले एक वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन। पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ११ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता