गगनको प्रश्न– पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय के आधारमा गरियो ? | Khabarhub Khabarhub

गगनको प्रश्न– पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय के आधारमा गरियो ?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय प्रति आपत्ति जनाएका छन् ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति डा। रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरेपछि पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले आपत्ति जनाएका हुन् ।

एक वर्षअघि पारित भएको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले नदिने व्यवस्था गरेको छ । तर सरकारले कानूनको उल्लंघन गर्दै पूर्व राष्ट्रपति यादवलाई उपचार खर्च दिने निर्णय गरेको छ ।

‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रस्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशकमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन’ थापाले प्रश्न गरे,‘ पूर्व राष्ट्रपति वा वर्तमान प्रधानमन्त्री जो भएपनि यो कानून सबैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रधानमन्त्री ज्यू?’

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको