मौसममा सुधार आउँदै, दशैंमा ठूलो पानी पर्ने सम्भाना छैन–मौसमविद् | Khabarhub Khabarhub

मौसममा सुधार आउँदै, दशैंमा ठूलो पानी पर्ने सम्भाना छैन–मौसमविद्


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान बाट केहि उत्तर तर्फ सरेको जनाएको छ ।

भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको र अर्को न्यून चपीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको विभागले जनाएको छ ।

हाल नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केहि सक्रिय रहेको विभागको भनाइ छ । हाल देशभर सामान्य देखि पूर्ण वदली रही पूर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ ।

मौसमविद्हरुले मौसममा सोमबार(भोलि) बाट केही सुधार हुने जनाएका छन् । आइतवार भन्दा भोलि मौसममा सुधार हुँदै जाने मौसमविद्हरुको पूर्वानुमान छ ।

यद्दपी मंगलबारसम्म देशका विभिन्न भागमा आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना भने कायम नै छ । तर यो आजको तुलनामा कमजोर हुँदै जाने छ ।

नेपालबाट मौसम बाहिरि नसकेका कारण पानी पर्ने सम्भावना भने कायम रहेको तर अहिलेको जस्तो लगातारको वर्षामा भने एक दुई दिनमा सुधार आउने मौसमविद मञ्जु बासीको भनाइ छ ।

अहिले पानी पारिरहेको पद्दती कमजोर बनेको र अर्को सिस्टम तत्काल विकसित हुने सम्भावना नदेखिएकाले ठूलो वर्षा हुने सम्भावना भने न्यून रहेको उनको भनाइ छ ।

मौसम विभागले गर्ने तीन दिनको पूर्वानुमानबाट भने तीनदिन पछि कतिको वर्षा हुन्छ भन्ने पूर्वानुमान लगाउन कठिन हुने भएपनि नयाँ पद्दति तत्काल विकसित हुने अवस्था नहुने भएका कारण दशैंमा ठूलो पानी पर्ने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

मौसम विभाका अनुसार आइतवारबाट मंगलबारसम्मको मौसम पूर्वानुमान यस्तो छ ।

असोज १२ गते (आइतवार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ ।

राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ। पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ ।

असोज १३ गते (सोमबार)

दिउँसो: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

राती: देशको पूर्व र मध्य भेगमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली हुनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै मध्य तथा पुर्वका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र यसका कारण सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने तथा पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ५४ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको