धादिङमा यात्रु बस दुर्घटना, ५ जना घाइते | Khabarhub Khabarhub

धादिङमा यात्रु बस दुर्घटना, ५ जना घाइते


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना परेको हो ।

७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको जनाइएको छ । बस दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका–५ का चन्डे दमाई, सन्तमाया गुरुङ, दलबहादुर तामाङ, हस्तकुमारी तामाङ र लक्ष्मी गुरुङ छन् ।

घाइतेहरुको धादिङबेसीस्थित अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र