धादिङमा यात्रु बस दुर्घटना, ५ जना घाइते « Khabarhub

धादिङमा यात्रु बस दुर्घटना, ५ जना घाइते


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटना परेको हो ।

७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको जनाइएको छ । बस दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका–५ का चन्डे दमाई, सन्तमाया गुरुङ, दलबहादुर तामाङ, हस्तकुमारी तामाङ र लक्ष्मी गुरुङ छन् ।

घाइतेहरुको धादिङबेसीस्थित अस्पतालमा उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ३७ बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण