यात्रुलाई सुरक्षित यात्रा गराउनु प्रहरीको चाहना : प्रहरी महानिरीक्षक खनाल « Khabarhub

यात्रुलाई सुरक्षित यात्रा गराउनु प्रहरीको चाहना : प्रहरी महानिरीक्षक खनाल


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अडियो जिङ्गल बजाई शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बतएका हुन् ।

साथै सोही अवसरमा प्रहरी महानिरीक्षक खनालले करिब ३५ वर्षदेखि सवारी चालकको रुपमा काम गरी हालसम्म सुरक्षित यात्रा गराउने देशभरका असल चालकका प्रतिनिधिहरु ७ जनालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुको साथै चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार बिभिन्न सवारी साधनका चालकहरुलाई फुलमाला लगाई सुरक्षित यात्राको शुभकामना सहित बिदाई समेत गरे ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि प्रहरी निरन्तर रुपमा खटिएको उल्लेख गर्दै ट्राफिक प्रहरी पोष्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य गरिरहेको बताए ।

यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईंहरुकै हातमा सबै यात्रुहरुको जीवन छ ।’

सडकको दुरावस्था, सडक बत्ती लगायत दुर्घटनाका प्रमुख कारणबारे उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सरोकारवाला सबै पक्ष जिम्मेवार भएमा चाडपर्वमा सवारी दुर्घटना हुनै नदिने अवस्था सिर्जना गर्न सकिने बताए ।

यातायात क्षेत्रका अनियमितता, ठगी लगायतका गलत कार्य गर्नेहरुलाई कुनै छुट नहुने बताउँदै उनले सबै मिली राम्रो काम गरी कारबाही गर्नै नपर्ने अवस्था बनाउन आव्हान समेत गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई र ल्होत्से बहुउद्धेश्य प्रालिका अध्यक्ष दिपक कुँवरले यातायात क्षेत्रमा आवश्यक सुधार गर्नका लागि आ-आफ्नो सहयोग सहितको प्रतिबद्धता व्यक्त गरे ।

साथै राष्ट्रिय दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी, प्रसिद्ध गायिकाहरु पूर्णकला बिसी, राधिका हमाल लगायतले सुरक्षित यात्राका सन्देश बोकेका जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

ट्राफिक नियमको पालना, सुरक्षित सवारी लगायतका विविध उद्धेश्य सहित उक्त कार्यक्रम आज देशभरका विभिन्न स्थानमा समेत आयोजना गरिएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, यातायात व्यवसायसँग सम्बद्ध तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु, कलाकारहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाज, ट्राफिक स्वयंसेवकहरु र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : ५२ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि