‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो) « Khabarhub

‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो)


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । ‘जवानी’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई देख्न सकिन्छ । भव्य सेट तयारी पारी खिचिएको यो आइटम डान्समा शिशिर खातीको कोरियोग्राफी छ । भिडियोमा आर्यन र एलिसाको ग्ल्यामर अवतार देख्न सकिन्छ ।

साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । त्यसैगरी गीतमा थापाकै स्वर सुन्न सकिन्छ भने सुमन गुरुङको पनि स्वर छ ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा साम्तेनको सम्पादन तथा निर्देशन रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : ११ बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा