‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो) « Khabarhub

‘च च हुई’ को ‘जवानी’ सार्वजनिक (भिडियो)


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । ‘जवानी’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई देख्न सकिन्छ । भव्य सेट तयारी पारी खिचिएको यो आइटम डान्समा शिशिर खातीको कोरियोग्राफी छ । भिडियोमा आर्यन र एलिसाको ग्ल्यामर अवतार देख्न सकिन्छ ।

साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । त्यसैगरी गीतमा थापाकै स्वर सुन्न सकिन्छ भने सुमन गुरुङको पनि स्वर छ ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा साम्तेनको सम्पादन तथा निर्देशन रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर , माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : ११ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित