दशैँअगावै अव्यवस्थित तार नहटाए कारवाही गर्ने प्राधिकरणको चेतावनी « Khabarhub

दशैँअगावै अव्यवस्थित तार नहटाए कारवाही गर्ने प्राधिकरणको चेतावनी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।

गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

उनले पटकपटक इन्टरनेट सेवाप्रदायक, केवल टेलिभिजन अपरेटर, सङ्घसंस्थालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले कानूनी कारवाहीसहित तार व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिए । इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँगेर सौन्दर्य बिगारेका छन् ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन् । काठमाडौँ उपत्यकाका चोकचोकमा तारका कारण समस्या परेको छ । आगलागी हुँदा वरपरका घर तथा आवासमा समेत त्यसले प्रभाव पार्ने गरेको छ ।

केवल अपरेटर तथा इन्टरनेट सेवाप्रदायकले टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणको खम्बामा टाँगेका तार अलपत्र अवस्थामा छन् । कहीँ पैदल यात्रुलाई समेत पैदल यात्रा गर्न समस्या उत्पन्न भएको छ । लत्रिएका तार व्यवस्थित गर्न प्राधिकरणले यसअघि पनि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । राजधानीका प्रमुख मानिएका नयाँसडक, अनामनगर, नयाँबानेश्वर, पुतलीसडक, गोङ्गबुलगायतका स्थानमा रहेका अव्यवस्थित तारले दुर्घटना निम्त्याएको छ ।

यस्तै इन्टरनेट सेवाप्रदायक, केवल अपरेटरले टाँगेका तार झुण्ड्याउने तथा सडक पार गराउने लगायतको कार्य गरेकाले शहरको सुन्दरतामा नै ह्रास आएको प्राधिकरणको भनाइ छ । प्रवक्ता अर्यालले शहरलाई सुन्दर राख्न तथा आमनागरिकलाई सुरक्षित एवं व्यवस्थितरूपमा सेवा जडान गराउन यसरी अव्यवस्थितरूपमा सेवा जडान गराउनेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

प्राधिरकणले अव्यवस्थित तारलाई व्यवस्थित गर्न भूमिगत गर्ने योजना समेत बनाएको छ । अप्टिकल फाइबर जडान गर्ने र सबै सेवा प्रदायकलाई एउटै संरचना प्रयोग गर्ने वातावरण बनाउन लागेको र छलफल जारी रहेको प्रवक्ता अर्यालको भनाइ छ । अव्यवस्थित तार व्यवस्थापन गर्दा पर्न जाने असुविधाप्रति सम्बन्धित पक्ष नै जिम्मेवार हुनेसमेत प्राधिकरणको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले पनि यसअघि नै आफ्ना संरचना प्रयोग गर्नेलाई नियमन गर्ने तयारी गरेको थियो । संरचना प्रयोग गर्ने, तर त्यसवापत सेवा शुल्क नतिर्ने प्रवृत्तिलाई प्राधिरकणले नियन्त्रण गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै