‘सरौतो’ को ‘केही आधा’ मा सन्नी र सुमी « Khabarhub

‘सरौतो’ को ‘केही आधा’ मा सन्नी र सुमी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि फिल्ममा समावेश ‘कुले दाइ’ सार्वजनिक गरिएको थियो ।

निर्माण टिमले यसअघि फिल्मको टिजर पनि सार्वजनिक गरिसकेको छ । प्रचारमा तीव्र खटिएको यो फिल्म युनिटले शनिवार ‘केही आधा’ बोलको गीत सार्वजनिक गरेको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् भने कोरियोग्राफी र छायांकन निर्देशक हरी हुमागाईंले गरेका हुन् ।

१४ दिन लगाएर गीतको भिडियो छायांकन गरिएको निर्माण टिमले जानकारी दियो । यो गीतको भिडियोलाई बन्दीपुर , पोखरा , धम्पुस , मुस्ताङ , लुम्बिनी , सौराहा र जनकपुरमा छायाँकन गरिएको जनाइएको छ ।

नेपाल सरकारको अभियान भिजिट २०२० लाइ पनि सहयोग गर्ने उद्देश्यले यसरी गीतको भिडियो तयार पारिएको हो ।

सुमी मोक्तान र सन्नी सि‌ंहसँगै लियो ट्यांक, विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ ।

यो फिल्म हरि हुमागाईंको निर्देशनमा डेब्यु फिल्म हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ३ : ३० बजे

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर

मध्यपूर्व तनाव : इजरायल र अमेरिकी सैन्य अखडा लक्षित इरानी आक्रमण

एजेन्सी – मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ । इरानले

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७

सुनको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेछ ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल