यात्रुलाई सुरक्षित यात्रा गराउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना : प्रहरी महानिरीक्षक | Khabarhub Khabarhub

यात्रुलाई सुरक्षित यात्रा गराउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना : प्रहरी महानिरीक्षक


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशभर यात्रा गर्ने यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनु नेपाल प्रहरीको अन्तस्करणको चाहना रहेको बताएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथद्वारा आइतबार गोगंबुस्थित नयाँ बसपार्कमा ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रमको ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अडियो जिङ्गल बजाई शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि प्रहरी निरन्तर रुपमा खटिएको उल्लेख गर्दै ट्राफिक प्रहरी पोष्ट स्थापना, विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य गरिरहेको बताए । यात्राको समयमा सवारी चालकको सबैभन्दा ठूलो जिम्मेवारी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सवारी साधनमा यात्रा गर्ने यात्रुहरुका लागि चालक नै भगवान् हुन, तपाईंहरुकै हातमा सबै यात्रुहरुको जीवन छ ।’

सडकको दुरावस्था, सडक बत्ती लगायत दुर्घटनाका प्रमुख कारणबारे उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सरोकारवाला सबै पक्ष जिम्मेवार भएमा चाडपर्वमा सवारी दुर्घटना हुनै नदिने अवस्था सिर्जना गर्न सकिने बताए । यातायात क्षेत्रका अनियमितता, ठगी लगायतका गलत कार्य गर्नेहरुलाई कुनै छुट नहुने बताउँदै उनले सबै मिली राम्रो काम गरी कारबाही गर्नै नपर्ने अवस्था बनाउन आव्हान समेत गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राई र ल्होत्से बहुउद्धेश्य प्रालिका अध्यक्ष दिपक कुँवरले यातायात क्षेत्रमा आवश्यक सुधार गर्नका लागि आ-आफ्नो सहयोग सहितको प्रतिबद्धता व्यक्त गरे । साथै राष्ट्रिय दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पङ्गेनी, प्रसिद्ध गायिकाहरु पूर्णकला बिसी, राधिका हमाल लगायतले सुरक्षित यात्राका सन्देश बोकेका जनचेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

सोही अवसरमा प्रहरी महानिरीक्षक खनालले करिब ३५ वर्षदेखि सवारी चालकको रुपमा काम गरी हालसम्म सुरक्षित यात्रा गराउने देशभरका असल चालकका प्रतिनिधिहरु ७ जनालाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुको साथै चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार बिभिन्न सवारी साधनका चालकहरुलाई फुलमाला लगाई सुरक्षित यात्राको शुभकामना सहित बिदाई समेत गरे ।

ट्राफिक नियमको पालना, सुरक्षित सवारी लगायतका विविध उद्धेश्यसहित यस किसिमको कार्यक्रम आज देशभरका विभिन्न स्थानमा समेत आयोजना गरिएको जानकारी दिइयो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ३८ बजे

मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार

अनावश्यक ठाउँमा बजेट विनियोजन भएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षका लागि

भारतबाट नेपाल आउँदा पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले

चलचित्र बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

काठमाडौं– चलचित्र विकास बोर्डले आफ्ना ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा कृषि फार्मका सञ्चालक