स्पेनिस लिगका यी तीन खेलाडी जसले लगानी अनुसार खेल्न सकेनन् ! « Khabarhub

स्पेनिस लिगका यी तीन खेलाडी जसले लगानी अनुसार खेल्न सकेनन् !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको यस सिजनको सुरुवाता राम्रो हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

स्पेनिस क्लब रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो इटलियन लिगमा जाँदा अर्का स्टार मेस्सीपनि चोटबाट पीडित बनेका छन् । जसका कारण ला लिगाको स्तर खस्किएको भन्दै आलोचना भइहरहेको छ ।

यी दुई खेलाडीका अतिरिक्त क्लवहरुमा रहेका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गर्न नसक्दा लिगका खेलहरु स्वादिला बन्न सकेका छैनन् ।
एन्टोइनी ग्रिज्म्यान, इडन हजार्ड र जोआ फिलिक्स यो सिजनमा ला लिगामा सबैले लिने नाम हो । तर, यी तीनै जनाले ला लिगामा सिजनको सुरुआती २ महिना वितिसक्दा पनि चामत्कारीक प्रदर्शन देखाउन सकेका छैनन् ।

क्लबमा आएको समय र शारीरीक रुपमा तयार नहुँदा राम्रो प्रर्दशन गर्न नसकेको विश्लेषण अन्तर्राष्ट्रिय फुटबल वृतमा हुन थालेको छ । यी तीनै जना खेलाडी यो सिजनमा सब्स्टीच्युट भएर टोलीमा अटाएका छन् ।

बार्सिलोनाका लागि ग्रिज्म्यानले ८ वटा आधिकारिक खेल खेलेका छन् भने मैदानमा ७ सय५ मिनेट विताउँदा ३ गोल गरेका छन् भने २ गोलका लागि अवसर शृजना गरेका छन् ।

यस्तै, फिलिक्सले पनि समान आठवटै खेल खेल्दै ६ सय ९ मिनेट मैदानमा विताउँदा २ गोल गर्दै १ गोलका लागि अवसर शृजना गरेका छन् ।
यता, हजार्डले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । उनले रियलका लागि ३ अफिसियल खेल खेल्दै १सय९७ मिनेट मैदानमा काटे भने अहिलेसम्म नत गोल गर्न सकेका छन् नत अवसर नै शृजना गरेका छन् ।

गेटाफेविरुद्धको खेलमा ग्रिज्म्यान बार्सिलोनाको लागि ७४ औं मिनेटमा सब्स्टीच्युट भएका थिए भने फिलिक्स मड्रिड डर्बीको खेलमा ७० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । खेलको ७७ औं मिनेटमा हर्जाड पनि सब्स्टीच्युट भएका थिए ।

अहिले यी तीन खेलाडीले अपेक्षीत प्रदर्शन दिन नसकेको भन्दै आलोचना हुन थालेको छ । स्पेनिस फुटबल पत्रिका मार्काले यी तीन खेलाडीले लगानी अनुसारको प्रदर्शन दिन नसकेको भन्दै लेखेको छ ।
‘यी तीन खेलाडीका लागि ३ सय मिलियन युरा खर्च भयो । तर, उनीहरुमाथिको लगानी अनुसारको प्रदर्शन हुन सकेको छैन’ मार्काले लेखेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ०५ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ