डा. रिजालमाथि मण्डले शैलीमा आक्रमणको प्रयास निन्दनीयः नेपाली कांग्रेस « Khabarhub

डा. रिजालमाथि मण्डले शैलीमा आक्रमणको प्रयास निन्दनीयः नेपाली कांग्रेस


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले तनहुँमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमण गर्न खोजेको घटनाको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुले रुख ढालेर बाटो अवरुद्ध गरेको र खुकुरी, भाला, लाठी, ढुंगा, वियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

घटनाका विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तिजनक रहेको कांग्रेसको निष्कर्ष छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्‍याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गइरहेको घटनाप्रति सतर्क रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ ।

मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ।

कांग्रेसले लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : १८ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२