डा. रिजालमाथि मण्डले शैलीमा आक्रमणको प्रयास निन्दनीयः नेपाली कांग्रेस « Khabarhub

डा. रिजालमाथि मण्डले शैलीमा आक्रमणको प्रयास निन्दनीयः नेपाली कांग्रेस


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले तनहुँमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमण गर्न खोजेको घटनाको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुले रुख ढालेर बाटो अवरुद्ध गरेको र खुकुरी, भाला, लाठी, ढुंगा, वियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

घटनाका विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तिजनक रहेको कांग्रेसको निष्कर्ष छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्‍याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गइरहेको घटनाप्रति सतर्क रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ ।

मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारविरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ।

कांग्रेसले लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : १८ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन