दशैंलाई मध्यनजर गर्दै सवारीसाधनको रुट परमिट खुला « Khabarhub

दशैंलाई मध्यनजर गर्दै सवारीसाधनको रुट परमिट खुला


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैँका लागि घर जाने यात्रुलाई सहज र यातायात सेवा व्यवस्थित बनाउन आजदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएको छ ।

सरकारले यही असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो ।

आजैदेखि १० चक्के वा सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौँ आगमनमा रोक लगाइएको यातायत व्यवस्था विभागले जनाएको छ ।

खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने यो नियम लागू नहुने बताइएको छ । शुक्रबार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर