पाल्पामा बस र जीप ठोक्किँदा ८ जना घाइते « Khabarhub

पाल्पामा बस र जीप ठोक्किँदा ८ जना घाइते


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा आइतबार साँझ भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु १ ख ६०६१ नम्बरको बस र विपरित दिशाबाट आइरहेको लु १ ज २३६३ नम्बरको जीप एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।

तानसेनको होलाङ्दी नजिकै जीप र बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा बगनासकाली–८, बराङ्दीका ५६ वर्षीय तुल्सा घर्तिमगर गम्भीर घाइते भएकी छन् ।

यस्तै सोही स्थान बस्ने ३० वर्षकी गंगा घर्तिमगर, रम्भा गाउँपालिका–१, बस्ने ३० वर्षकी गीता जिटी, रम्भा बस्ने ८ वर्षका चौटाल जिटी, ४ वर्षकी समिक्षा जिटी र ३० वर्षका जीतबहादुर जिटी घाइते भएका छन् ।

घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनामा भारत स्थायी घर भई हाल तानसेन ६ बस्ने २६ वर्षकी सुदा साहनी र रिब्दीकोट गाउँपालिका १, बस्ने ३६ वर्षका जीप चालक माधव पाण्डे समेत घाइते भएका छन् । दुबैजनाको तानसेन युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ३५ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय