पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति | Khabarhub Khabarhub

पुष्पलाल चोक–गछिया सडक स्तरोन्नति


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् ।

मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आइतबार शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान्वयनसँगै जनताका चाहना र आवश्यकतालाई पूरा गर्न सरकार गम्भीर रहेको बताए ।

उनले विकास निर्माणले जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सडक कालोपत्रे गरेपछि यहाँका किसानले उत्पादन गरेको कृषि उपज बजारमा सहजताका साथ पुग्नुका साथै उत्पादनमा वृद्धि हुने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार निर्माण सडक सञ्चार सुधारअन्तर्गत दुई वर्षको अवधिभित्र स्तरोन्नतिको कामसक्ने गरी ‘मृतसञ्जीवनी जेभिले रु ५२ करोडमा ठेक्का लिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : १५ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू