आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गर्नुपर्छः प्रधानमन्त्री « Khabarhub

आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गर्नुपर्छः प्रधानमन्त्री


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए ।

उनले अभियान चलाएर केही महिनाभित्रै सडक रहेका अनाथ, बेसाहारा, असहायहरुको  उद्धार गरिने बताए ।  प्रधानमन्त्री ओलीले भने, “सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पुर्‍याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानका लागि रु एक करोड प्रदान गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका थिए ।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनेले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला र जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लाग्नुपर्ने बताए ।

 

 

 

मानवसेवा आश्रमलाई एक करोड दिने घोषणा गरेका छन् ।

मानवसेवा आश्रम भक्तपुरको गृह प्रवेश एवं उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आश्रमलाई १ कारेड रुपैयाँ दिने घोषण गरेका हुन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा खोलिएको आश्रमको १६ औं शाखा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता रु २ हजारबाट एक हजार बढाएर ३ हजार बनाउने आश्वासन दिए ।

मानवसेवा आश्रमले गर्दै आएको सडकमा बेवारिसे अवस्थामा रहेको बेसाहरा जेष्ठ नागरिकहरु, मानसिक सन्तुलन गुमाएका, ब्यक्तिहरुको उद्धार गरेर स्याहार सुसार, उपचार गरेर नयाँ जीवन दिने कामको उनले प्रश‌ंसा गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ३० बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको