असफल फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ बन्ने « Khabarhub

असफल फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ बन्ने


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छड्के २’ निर्माण हुने भएको छ । अर्को वर्षको दशैँमा रिलिज हुने गरी यो फिल्म निर्माणको घोषणा गरिएको हो ।

६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्म हलमा व्यावसायिक रुपमा असफल भएको थियो । यद्यपि फिल्मले रिलिजअघि चर्चा भने कमाएको थियो ।

खबरका अनुसार यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् भने नेगेटिभ बुद्ध र रस ताण्डवको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

पहिलो भागमा सौगात मल्ल, रविन तामाङ, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका थियो ।

फिल्मका निर्माता विक्रम सिंह थारुले यो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुने भन्दै पोस्टर सार्वजनिक गरेका छन् । तथापि फिल्मका बारेमा अन्य जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : १२ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित