तत्काल निर्वाचन गराउने इयूको शर्त अमान्य : भेनेजुएला « Khabarhub

तत्काल निर्वाचन गराउने इयूको शर्त अमान्य : भेनेजुएला


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अङ्कारा- भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन यूरोपेली संघ (इयू) को अन्तिम चेतावनीस्वरूप राखिएको शर्तलाई अस्वीकार गनुभएको टर्कीबाट प्रशारण हुने एक टेलिभिजनले जनाएको छ ।

भेनेजुयला इयूमा आवद्ध नरहेकोले उसको निर्देशन मान्न आफू बाध्य नहुने राष्ट्रपति मदुरोको भनाइ छ ।

अमेरिकी टेलिभिजन सीएनएनको टर्कीबाट प्रशारण हुने च्यानल ‘सीएनएन टर्क’सँगको अन्तवार्तामा मदुरोले भन्नुभयो, “उनीहरूले तत्काल निर्वाचन गर्न भेनेजुयलालाई दिएको चेतावनीपूर्ण शर्तलाई फिर्ता लिनुपर्छ । एक सार्वभौम राष्ट्रलाई कसैले अन्तिम चेतावनी दिन सक्दैन ।

जर्मनी, फ्रान्स, स्पेन लगायतका यूरोपेली शक्ति राष्ट्रहरूले शनिबार भेनेजुयलाले आठ दिनभित्र निर्वाचन नगरे उनीहरूले विपक्षी नेता हुँवा गुइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने चेतावनी दिएका थिए ।

गुइदोले वर्तमान् राष्ट्रपतिले अघिल्लो कार्यकालमा देशमा भ्रष्टाचार, महङ्गी, मुद्राको अवमुल्यनजस्ता जटिल समस्यालाई रोक्न नसकेको तर निर्वाचनमा सत्ताको व्यापक दुरुपयोग गरी आफू नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएको घोषणा गरेको, मानव अधिकारको प्रत्याभूत गराउन नसकेको तथा देशमा एकतर्फी शासन गर्न खोजेको बताउँदै गत बुधबार आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्नुभएको थियो ।

घोषणाको आधा घण्टामै अमेरिकाले गुइदोलाई मान्यता दिने बताएको थियो भने क्यानडा,ब्राजिल र पेरूलगायतका दक्षिण अमेरिकी मुलुकहरूले पनि गुइदोलाई मान्यता दिने जनाएका थिए ।

तर भेनेजुयलाका राष्ट्रपति मदुरो निर्वाचित राष्ट्रपति भएको बताउँदै रूस,चीन,टर्की लगायतका मुलुकले नेता मदुरोलाई नै मान्यता दिने अडान राखेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ५ : १० बजे

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान