भारी छुट दिँदा पनि बिकेन सहुलियतको चामल « Khabarhub

भारी छुट दिँदा पनि बिकेन सहुलियतको चामल


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

उक्त लिमिटेडले प्रत्येक वर्ष दशैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई सहुलियतको चामल उपलब्ध गराउँदै आएकामा यस वर्ष २०० क्विन्टल जिरा मसिनो र २०० क्विन्टल सोना मन्सुली चामल ल्याए पनि अहिलेसम्म दुवै चामल गरी २९ क्विन्टल मात्रै बिक्री भएको छ ।

कार्यालय प्रमुख माधव मिश्रका अनुसार भदौ अन्तिम सातादेखि सहुलियतमा चामल वितरण गर्न शुरु गरिएको र अहिलेसम्म सोना मन्सुली एक क्विन्टल ५० किलो र जिरा मसिनो चामल २६ क्विन्टल ५० किलो मात्रै बिक्री भएको छ ।

गत वर्ष ६०० क्विन्टल चामल ल्याइएकामा सबै बिक्री नभएकाले यस वर्ष ४०० क्विन्टल मात्रै चामल ल्याइएको थियो तर त्यो पनि उल्लेख्यरूपमा बिक्री हुननसकेको मिश्र बताउँछन् ।

खाद्य संस्थानले जिरा मसिनो चालम न्यूनतम २५ केजी र सोना मन्सुली न्यूनतम ३० केजीका दरले बिक्री गर्दै आएको छ । दुवै प्रकारका चामलको प्रतिक्विन्टलमा ५०० छुट गरिएको छ । अहिले जिरा मसिनोको बजारमूल्य प्रतिक्विन्टल ५ हजार ६०० पर्ने भए पनि छुटमा ५ हजार १०० मा पाइने प्रमुख मिश्र बताउँछन् ।

त्यस्तै सोना मन्सुलीको बजार मूल्यप्रति क्विन्टल ४ हजार ७०० पर्ने भए पनि सहुलियतमा ४ हजार २०० पर्ने उनको भनाइ छ।

उपभोक्ताले भने संस्थानले वितरण गर्दै आएको चामल गुणस्तर नभएको गुनासो गर्दै आएकामा प्रमुख मिश्र आफूहरूले गुण्स्तरहीन चाम बिक्री नगरेको बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १० : ०९ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत